‘जेरीः अन टप’को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक

0 Shares

 अनन्या फिल्म्सको निर्माण तथा सरोज न्यौपानेको प्रस्तुति रहेको बहुप्रतिक्षित फिल्म *‘जेरीः अन टप’*को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक भएको छ।

असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मको गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ। गायिका सोमिया बराइलीले गीतमा साथ दिएकी छिन्।

गीतको भिडियोमा मुख्य कलाकार अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा तथा केदार प्रसाद घिमिरे फिचरिङ गरिएको छ। भिडियोमा जसिता गुरुङले शेर्पा संस्कृति र परम्परागत भेषभुषामा देखिएकी छिन्। त्यसैगरी, मुस्ताङको स्थानीय परिवेशमा अनमोल, आँचल र केदारलाई स्वागत गरिरहेको दृश्यले दर्शकलाई लोकेशनको विशेष अनुभव प्रदान गरेको छ।

फिल्ममा भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण खड्का, दीपक भण्डारी र अनन्या न्यौपानेले लगानी गरेका छन् भने अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता हुन्। नविन घिमिरे र विवेक थापा एसोसियट निर्माता, मोती कार्की क्रियटिभ निर्माता रहेका छन्।

पटकथा विश्वास तिम्सिनाको रहेको फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, एसडी योगी, जयन जे वाइवा, व्रिजेश श्रेष्ठ र जोन चाम्लिङ राईले तयार पारेका हुन्। किरण थापाले गीतको भिडियोको कोरियोग्राफी गरेका छन्। सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दुलिप रेग्मी डीओपी र निमेष श्रेष्ठ सम्पादन निर्देशक हुन्।

सम्बन्धित समाचार

सबै