गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘वयान’ भिडियोसहित सार्वजनिक भएको छ।
नुवाकोट बिदुरस्थित शिवालय सिनेप्लेक्समा आयोजना गरिएको विशेष कार्यक्रममार्फत यो गीत सार्वजनिक गरिएको हो। कार्यक्रममा म्युजिक भिडियो निर्माण टिमसँगै नुवाकोटका दर्जनौं प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।
गीतको शब्द सन्तोष सरगम अधिकारीले लेखेका छन् भने संगीत सरोज पोखरेलको रहेको छ। रोशन दासले निर्देशन गरेको भिडियोले सन्तोष सरगम अधिकारीको जीवन यात्रा र व्यवसायिक सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ।
छायांकन नितेश घतानले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन्। भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण विक, रुपा पुडासैनी फिचर्ड छन्। सन्तोष सरगमको यो पहिलो म्युजिक भिडियो हो र भिडियोमा सन्तोष–प्रियना दुवैको केमेस्ट्री दर्शकको मन जित्नेगरी प्रस्तुत गरिएको छ।
सन्तोषको निर्माणमा तयार भएको भिडियो सरोज पोखरेलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थानहरु समेटिएका छन्। शिवालय सिनेप्लेक्सका संचालक सन्तोष सरगमले भविष्यमा निरन्तर नेपाली गीत–संगीतमा सक्रिय रहने योजना रहेको बताएका छन्।
