अमेरिकामा बसोबास गर्दै आएकी नीता आचार्यले शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरिन्

0 Shares

अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्य ले आफ्नो नयाँ शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई अझ मार्मिक बनाएको छ।

भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राई ले गरेका छन्। राईले नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन्। हाल उनी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आफ्नो डान्स स्कूल सञ्चालन गर्दै आएका छन्। भिडियोको छायांकन र सम्पादन अञ्जय खड्काले गरेका हुन्।

भिडियोमा गायिका नीता आचार्यसँगै बालकलाकार महर्षि घिमिरे पनि अभिनय गरेका छन्। महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेका छोरा हुन्। भजन हिन्दू बुद्ध मन्दिर र मेरिल्यान्डको बाल्टिमोर वरिपरि छायांकन गरिएको हो।

नीता आचार्य लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन्। उनका लोकप्रिय गीतहरू—“समर्पण”, “जिन्दगी त संगै जिउने हो”, र “यादहरू रंगिन संसार”—आज पनि श्रोताको मनमा ताजा छन्।

सम्बन्धित समाचार

सबै