0
Shares

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै न्युजील्याण्ड पठाउने भनी ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्।
पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा न्युजील्याण्ड पठाउने भनी ठगी गरेको आरोपमा २४ वर्षीया नबिना दाहाललाई काठमाडौँको सिनामंगल क्षेत्रबाट सोमबार पक्राउ गरिएको हो।
पक्राउ पर्ने दाहाल ओखलढंगा जिल्लाका स्थायी बासिन्दा हुन् र हाल भक्तपुर मध्यपुर ठिमीमा बसोबास गर्दै आइरहेकी थिइन्।
उनले युवाहरुलाई विदेश पठाउने नाममा एक लाख रुपैयाँ ठगी गरेकी थिइन्। पीडितलाई न्युजील्याण्ड पठाउने भनिए पनि लामो समयसम्म सम्पर्कमा नआएको र विदेश नपठाइएको आरोपपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
काठमाडौँ महानगरपालिका वडा नं. ९ सिनामंगलबाट पक्राउ गरिएका दाहाललाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको छ।