आगामी मंसिर २६ डिसेम्बर १२ बाट ‘पीआर’ प्रदर्शनमा आउने

0 Shares

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र पीआरको प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले काग तिहारको अवसरमा चलचित्रको प्रदर्शन आगामी मंसिर २६ गतेबाट गर्ने निर्णय गरेको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स, गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायलको प्रमुख भूमिका रहेको छ। चलचित्र प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ।

चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन्।

निर्माण पक्षका अनुसार, पीआरले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ।

चलचित्रको सम्पादन बन्दे प्रसादले गरेका हुन्, लेखन गणेश बुद्धाथोकीले गरेका छन्। नृत्य निर्देशन राम्जी लामिछानेले गरेका छन् भने संगीत मानस राज र भिम बी.सी.को रहेको छ।

निर्देशक बस्नेतले यस चलचित्रमा दर्शकले रोमांस, एक्सन र सामाजिक सन्देश पाउने बताए। उनले भने, “पीआरलाई ‘नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष’का रूपमा दर्शकसामु ल्याउन लागेको छौँ। सायद दर्शकले फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु।”

फिल्मलाई सोरव मानन्धर र सोरव लामाले छायांकन गरेका हुन् र आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

सम्बन्धित समाचार

सबै