तिहारको लक्ष्मीपूजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’ फिल्ममा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मकी मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरेको हो।
सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा फिल्ममा काम गर्ने मौका पाउँदा आफू अत्यन्त खुशी लागेको बताइन्।
निर्माता किरण नेपालीको निर्देशनमा बन्ने यो फिल्ममा यसअघि निरुता सिंह, उत्तम प्रधान, हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी, कमल देबकोटा, पुस्कर भट्ट, दिनेश काफ्ले, रन्जन कोइराला, युबिक राज शाह, स्मृति कल्मर र एलिज पुनको अभिनय रहनेछ।
निरुता र उत्तम ‘दर्पणछाया’ फिल्मका कालजयी जोडीका रूपमा चिनिन्छन्। उनीहरू सँगै अब पूजा शर्माको दमदार अभिनय पनि यो फिल्ममा दर्शकले हेर्न पाउने भएका छन्। पूजा पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन्।
निर्देशक किरण नेपालीका अनुसार, यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रूपमा प्रस्तुत गर्नेछ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्मको पटकथा मनिष गौतमले लेखेका हुन्। राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माता रहेका छन् भने लामो समयदेखि प्राविधिक पक्षमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माता रहेका छन्।