‘बेली चमेली’ गीत सार्वजनिक

0 Shares

‘बेली चमेली’ गीत सार्वजनिक गरिएको छ।

गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको र्‍याप र निशाद चन्द्राको संगीत संयोजन रहेको छ। गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन्।

भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको यस गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय र नृत्य देख्न सकिन्छ। उनीहरूलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले साथ दिएका छन्।

कवीराज गहतराजको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा पल शाहलाई फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ, जहाँ श्वेताले उनको हातमा हतकडी लगाएको दृश्यले दर्शकमा कौतूहलता जगाउँछ। यो दृश्य कुनै वास्तविक घटना नभई गीतको भिडियोमा देखाइएको काल्पनिक दृश्य हो।

गीतको भिडियोमा सुरेश जोशी प्रस्तुतकर्ता छन् भने सुदिप बरालको छायांकन, बन्दे प्रसादको सम्पादन र रेनिस फागोको कलर रहेको छ।

एक दिनअघि सार्वजनिक भएको यो म्यूजिक भिडियोले सामाजिक सञ्जालमा समेत उल्लेखनीय चर्चा पाउँदैछ।

सम्बन्धित समाचार

सबै