‘जारी २’ को ट्रेलर सार्वजनिक

0 Shares

कार्तिक २१ गते रिलिज हुने फिल्म ‘जारी : २ – सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई ‘च्याब्रुङ’ बाधकको रूपमा प्रस्तुत गरिएको छ। ‘जारी : २’ ले छोरीको जन्मपछि फेरि यी दुईबीच आउने फाटोलाई फिल्मको मुख्य कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।

दयाहाङ र मिरुनाका अलावा विजय बरालको वैवाहिक सेरोफेरोको कथाले पनि दर्शकलाई फिल्म हेर्न प्रेरित गर्नेछ। ट्रेलरमा उनको पाटोले फिल्ममा ‘डार्क ह्युमर’ प्रस्तुत भएको देखिन्छ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतूहलपूर्ण रहेको संकेत गरेको छ। यस हिसाबले फिल्म दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यस फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु पनि अभिनयमा छन्।

बाँसुरी फिल्म्सकबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष सर्वाधिक व्यापार गर्ने फिल्मको श्रेणीमा रहने अनुमान गरिएको छ।

‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो, जसले नेपाली बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। त्यसैले, निर्माण घोषणा भएदेखि नै ‘जारी : २’ लाई अत्यधिक प्रतिक्षित फिल्मको सूचीमा राखिएको हो। फिल्मले आफ्नो व्यापारिक इतिहास दोहोर्याउने बलियो अपेक्षा राखिएको छ।

सम्बन्धित समाचार

सबै