पावरप्याक एक्सनले भरिएको ‘परिवर्तन’को टिजर सार्वजनिक

0 Shares

आगामी माघ ९ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो।

देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश टिजरले बोकेको देखिन्छ।

फिल्ममा अभिनेता सुशिल श्रेष्ठ लाई एक्सन अवतारमा देख्न सकिन्छ। टिजर सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथा लेखक दीपक शिवाकोटी ले ‘परिवर्तन’ ले देशभक्त युवाको आवाज पर्दामा उतार्ने प्रयास गरेको बताए।
उनले भने, “अबको परिवर्तन युवाबाटै सम्भव छ। यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।”

विजय केरुङ को निर्देशनमा बनेको यो फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, र आयुषा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्देशक विजय केरुङ ले टिजरमार्फत ‘परिवर्तन’ को मुख्य सन्देश दर्शकसम्म पुर्‍याउने प्रयास गरिएको बताए। उनका अनुसार, फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।

शिवम अधिकारी को लेखनमा बनेको यस फिल्ममा एस.डी. योगी को संगीत, श्री श्रेष्ठ को एक्सन निर्देशन, शिव ढकाल को छायांकन र बन्दे प्रसाद को सम्पादन रहेको छ।

फिल्मको वितरण आर आर फिल्म्स ले गर्नेछ भने ओएसआर यसको डिजिटल पार्टनर हो।

सम्बन्धित समाचार

सबै