याङ्जाकोटमा धमादम ‘डल्लेले इन्ट्री मार्याे’को सुटिङ

0 Shares

 हास्यप्रधान सामाजिक कथानक चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ मंगलबारदेखि कास्कीको याङ्जाकोटमा सुरु भएको छ।

तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा खिचिएको चलचित्रको बाँकी करिब ९० प्रतिशत दृश्य याङ्जाकोटमा खिचिने जानकारी निर्देशक राजु गिरी ले दिएका छन्।

चलचित्र लक्ष्मण सुवेदी को लेखनमा आधारित छ र चर्चित हास्य कलाकार तथा मोडल सागर लम्साल (बले) डल्ले को शीर्ष भूमिकामा छन्।

सागरसँगै चलचित्रमा रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रबिन्द्र झा, विनोद न्यौपाने, विशाल पहाडी, ध्रुव कोइराला, सावित्रा चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहन कृष्ण श्रेष्ठ, रामहरी खड्का, सुचेन्द्र परियार र निर्देशक गिरी स्वयं पनि अभिनय गर्दैछन्।

छायांकन श्याम लामाले गरेका छन् भने मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन्।

निर्माण व्यवस्थापन सुमन काफ्ले ले सम्हालेका छन्। श्रृंगार अशोक रोक्का, द्वन्द्व निर्देशन देव महर्जन, र गीत अर्जुन पोखरेल को रहेको छ।

चलचित्र उषा फिल्म्स को ब्यानरमा निर्माण भइरहेको छ र छायांकन करिब एक महिनाभित्र सक्ने लक्ष्य निर्माण टिमको छ।

निर्देशक राजु गिरी ले यस चलचित्रलाई ०८२ को अन्त्यतिर दर्शकमाझ ल्याउने योजना रहेको बताएका छन्।

सम्बन्धित समाचार

सबै