प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को स्याड संस्करण गीत ‘मायाले रुवायो’ सार्वजनिक

0 Shares

 प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ। कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो।

हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको स्याड संस्करण गीत सार्वजनिक गरिएको हो। गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठ को स्वर रहेको छ भने शब्द तथा संगीत प्रशान्त शिवाकोटी को रहेको छ।

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा समेटिएको छ। प्रेममा रहेका जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडा गीतमा भावनात्मक र मर्मस्पर्शी शब्दसहित प्रस्तुत गरिएको छ।

भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्याल को अभिनय देख्न सकिन्छ।

यस्तै चलचित्रको अर्को गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा बढी भ्यूज पाइसकेको छ।

चलचित्र ‘वरिष्ठ बलराम’ ले पाँच दिनमै दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ।

चलचित्र सुरेन्द्र पौडेल ले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्स को सहकार्यमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेल नै हुन् भने पटकथा महेश दवाडी ले लेखेका हुन्। निर्मातामा आशिष एच. तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी. धामी र पुष्कर बी. घिमिरे छन्। लाइन प्रोड्युसर राम विष्ट हुन्।

छायांकन मनकृष्ण महर्जन, संगीत प्रशान्त सिवाकोटी, एक्सन निर्देशन सम्राट बस्नेत, र नृत्य निर्देशन प्रदीप लामो ले गरेका छन्। चलचित्र उपत्यकामा DCN र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसन द्वारा वितरण गरिएको छ।

सम्बन्धित समाचार

सबै