चर्चित व्यापारिक घराना गोल्छा समूह का शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङ का रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’ को बुकिङ खुला भएको छ।
भोलि, शुक्रबार (१४ गते) सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ।
बाइस्कोप सिनेमा को ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझसम्म केही थप शोहरू पनि राखिने सम्भावना छ।
भावनात्मक पारिवारिक कथानक बोकेको यस फिल्मले नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ। दीपक प्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेताहरूलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएको छ।
फिल्ममा शाह का अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य ले अभिनय गरेका छन्।
त्यस्तै, फिल्मका गीतमा निर्देशक दीपक आचार्य का शब्द, रिदम कँडेल को संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल ले स्वर दिएका छन्।
छायांकन (DOP) शिवराम श्रेष्ठ ले गरेका हुन् भने सम्पादन मित्र डी. गुरुङ ले गरेका छन्। कोरियोग्राफी सुनिल क्षेत्री ले गरेका छन्।
फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।