0
Shares
निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ।
बस्नेतकी आमा अमृता बस्नेत बुधबार बिहान उपचारका क्रममा निधन भएको हो।
दिवंगत बस्नेत अभिनेत्री स्वस्तिमा खड्काकी सासु हुन् ।
७१ वर्षकी बस्नेत विगत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन्। पछिल्लो समय उनलाई निमोनियालेथियो।
उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
सासुको अवस्था गम्भिर भएपछि नायिका स्वस्तिमा खड्काले फिल्म “लाली बजार” को छायांकन बीचमै रोकेर काठमाडौं फर्किएकी थिइन्।