मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु : च्याप्टर–१’

0 Shares

 फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले आफ्नो रिलिज मिति पक्का गरेको छ। निर्माणपक्षका अनुसार अब यो फिल्म मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

पटकपटक प्रदर्शन मिति तोकेर पनि स्थगित हुँदै आएको फिल्मले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। जेन–जेड आन्दोलन, बाढी–पहिरो तथा अन्य फिल्महरूको बाक्लो लाइनअपका कारण यो फिल्म पहिल्यै तय गरिएको मितिमा प्रदर्शन हुन सकेको थिएन।

नयाँ पोस्टरमा फिल्मका अधिकांश कलाकारहरूलाई देख्न सकिन्छ। पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई क्यारेक्टर पोस्टरका रूपमा फिचर गरिएको छ।

“हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गरेका छौँ,” निर्माता विनोद पौडेलले भने, “सबैको सल्लाह र सुझावअनुसार यही मितिमा आउने सहमति गरेका हौँ।” उनले सबैको सहयोगको अपेक्षा पनि व्यक्त गरे।

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललगायत कलाकारहरू मुख्य भूमिकामा छन्।

फिल्मको निर्देशन सुशान्त गौतमले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्। फिल्मको लेखन मुकेश खनालले गरेका हुन्।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। फिल्मका लाइन प्रोड्युसर जीवन शाक्य हुन्।

यस फिल्मको डीओपी शरद महतो हुन्। फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन रहेको छ।

सम्बन्धित समाचार

सबै