
काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नं. ११, लसुनडाडामा सार्वजनिक स्थानमा जुवा खेलिरहेको आरोपमा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यस घटनामा संलग्न व्यक्तिहरूले ओखरको माध्यमबाट सम्पत्ति हारजित हुने गरी बाजी थापेर जुवा खेलिरहेका थिए।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र अपराध अनुसन्धान कार्यालय टेकुका टोलीले आइतबार दिउँसो १४:०० वजेको समयमा सो घटनामा संलग्न २१ जनालाई पक्राउ गरी उनीहरूबाट नगद रु. ५,६२,३५० (पाँच लाख बैसठ्ठी हजार तीन सय पचास) र १३ ओखर थान बरामद गरेका छन्।
पक्राउ गरिएका व्यक्तिहरूलाई जुवा खेल्न र सट्टेबाजी गर्न नहुने कानूनी मापदण्ड अनुसार आवश्यक अनुसन्धान र कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
पक्राउ गरिएका व्यक्तिहरूको विवरण: १. मनि राज अधिकारी (उमेर ४०, खोटाङ) २. नृप लाल बराल (उमेर ७८, ओखलढुङा) ३. कुमारी तामाङ (उमेर ५०, सिन्धुपाल्चोक) ४. अनुषा लामा (उमेर २८, काभ्रेपलाञ्चोक) ५. सन्तोष गुरुङ (उमेर ३५, काठमाण्डौ) ६. उज्वल तामाङ (उमेर ३१, काठमाण्डौ) ७. चेत कुमार थोकर (उमेर ३६, काभ्रेपलाञ्चोक) ८. ईन्द्र बहादुर गिरी (उमेर ५०, सिन्धुपाल्चोक) ९. शेर्पा लामा (उमेर ४०, काभ्रेपलाञ्चोक) १०. सुवास आचार्य (उमेर २६, नुवाकोट) ११. रमेश तामाङ (उमेर ३६, सिन्धुपाल्चोक) १२. अनन्त खड्का (उमेर २५, काठमाण्डौ) १३. नन्दन थापा (उमेर ३७, काठमाण्डौ) १४. चन्द्र धिताल (उमेर ६८, काठमाण्डौ) १५. भोज बहादुर थापा (उमेर ६५, काठमाण्डौ) १६. लाल काजी बि.क. (उमेर ४३, ओखलढुङा) १७. प्रदिप तामाङ (उमेर ४३, सिन्धुपाल्चोक) १८. रोशन तामाङ (उमेर ३५, दोलखा) १९. बिर बहादुर पुन (उमेर ३८, प्युठान) २०. रन्जित थापा मगर (उमेर ३०, काठमाण्डौ) २१. प्रशान्त लामा (उमेर २०, काठमाण्डौ)
प्रहरीले बरामद गरेको सामग्रीमा नगद रु. ५,६२,३५० र ओखर थान १३ रहेका छन्। प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि पक्राउ परेका व्यक्तिहरुलाई बौद्ध प्रहरी वृत्तमा पठाएको छ।