यस्तो बन्यो प्रभात र स्मारिकाको ‘मुगलान’ फिल्मको टिजर

0 Shares

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार यो टिजर युना डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरेको हो।

३९ सेकेण्ड लामो टिजरमा आर्थिक अभाव झेलिरहेका एक युवा परिवार आफ्नो सुखका लागि भारततर्फ मजदुरी गर्न जाने कथालाई प्रस्तुत गरिएको छ। टिजरमा, विदेशमा पाएको कठिनाई र गाउँमा यतिसम्मको अत्याचारको अनुभवसँगै परिवारको सुख र आफ्ना सपना साकार पार्न गरेको संघर्ष देखाइएको छ। निर्माण टिमका अनुसार, टिजरले नेपाली समाजको वास्तविक कथा उजागर गर्छ।

फिल्म ‘मुगलान’ ले युवाहरूको परदेशी सपना, गाउँघरको प्रेम र संघर्षको कथा दर्शक सामु ल्याउने उद्देश्य राखेको छ। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको फिल्ममा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल मुख्य भूमिकामा छन्। उनीहरूको अलावा फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको लेखन तथा निर्देशन आशिष ढकाल ले गरेका हुन् भने निर्माता गोमन सिंह छन्। फिल्मको को–प्रोड्युसरमा रिता चौधरी ले लगानी गरेकी छन्। सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्ध निर्देशन जय बिष्ट र राम गुरु, बिजिएम रिदम कँडेल, कोरियोग्राफी देबेन्द्र कुँवर, र सिनेमाटोग्राफी (DOP) अजय रेग्मी ले गरेका छन्।

संगीत किरण भुषाल ले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतका कलाकार छन्। गीत रचना आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) ले गरेका हुन्। फिल्मको वितरण आर आर फिल्मस् ले गर्नेछ।

सम्बन्धित समाचार

सबै