रजनी थापा बनिन् ‘मिस कोशी २०२५’

0 Shares

उर्लाबारी, मोरङकी रजनी थापा नवौँ संस्करणको ‘मिस कोशी २०२५’को उपाधि विजेता बनेकी छन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगितामा १६ जना फाइनलिस्टलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।

जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायका अनुसार, ‘मिस कोशी’ विजेताले नगद १ लाख रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।

प्रतियोगितामा सुनसरीको बर्जुकी दीपान्जली राई ‘फर्स्ट रनरअप’, इनरुवाकी गरिमा शाशंकर (गुराँस) ‘सेकेन्ड रनरअप’, काठमाडौंकी भूमिका नेपाल ‘थर्ड रनरअप’ र धरानकी दिया राई ‘फोर्थ रनरअप’ घोषित भए।

विधागत शीर्षकमा सुन्दरहरैचाकी लक्ष्मी चौधरी ‘अर्गनाइजर च्वाइस’, अर्जुनधाराकी युनिका विश्वकर्मा ‘मिस पपुलर’ र ‘मिस मल्टिमिडिया’, इटहरीकी अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’ र ‘मिस क्याटवाक’, बेलबारीकी सरु लिम्बु ‘मिस ब्यूटी विथ ब्रेन’, रजनी थापा ‘मिस पर्सनालिटी’ र गरिमा शाशंकर (गुराँस) ‘मिस ट्यालेन्ट’ बने।

त्यस्तै विराटनगरकी सिमरन साहु ‘मिस फोटोजेनिक’, दिया राई ‘मिस ब्यूटिफुल स्माइल’, दीपान्जली राई ‘मिस ब्यूटिफुल हेयर’, लक्ष्मी चौधरी ‘मिस इन्टेलेक्ट’, विराटनगरकी निमा राजवंशी ‘मिस फिजिक’, दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफर्मेशन’ र भूमिका नेपाल ‘मिस रिफ्रेसिङ फेस’ घोषित भए।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) का डिन डा. शिवेन्द्र झा, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, ‘मिस कोशी २०२४’ की विजेता शुभलक्ष्मी राई र निर्माता–निर्देशक नितिनकुमार चन्द रहेका थिए।

सम्बन्धित समाचार

सबै