नेपाली छायांकन पेशेवरहरूको साझा संस्था ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन

0 Shares

 नेपाली चलचित्र छायांकन क्षेत्रका पेशेवरहरूलाई एकीकृत गर्दै ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरिएको छ। मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भेलाले तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ।

यस्तै, तदर्थ समितिको उपाध्यक्षमा राजेश श्रेष्ठ, महासचिवमा विष्णु कल्पित, सचिवमा नरेन्द्र मैनाली र कोषाध्यक्षमा आलोक शुक्ला नियुक्त भएका छन्। सदस्यहरूमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल रहेका छन्।

भेलामा गौरीशंकर धुँजु, विष्णु कल्पित, नरेन्द्र मैनाली, आलोक शुक्ला, राजेश श्रेष्ठसहित गौतम श्रेष्ठ, विशाल पौडेल, निरज कँडेल, उमङ्ग शाही, कृष्ण श्रेष्ठ, बाबु श्रेष्ठ, रामशरण उप्रेती, शिवराम श्रेष्ठ, शम्भू सापकोटा, दिछे गुरुङ, शिवु ढकाल, अमर महर्जन, विवेक खड्का, सरद महतो, नविन गुरुङ, लुःजः सिंह, कृष्ण परियार र रविन आचार्यलगायत छायाँकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलामा लामो समयदेखि चलचित्र क्षेत्रमा विभिन्न पेशागत संघ–संस्था सक्रिय भए पनि छायाँकारहरूको साझा आवाज अभाव रहेको निष्कर्ष निकाल्दै एशोसिएसन गठन गर्नुपर्ने निर्णय भएको छ। नयाँ एशोसिएसनको उद्देश्य पेशागत हकहित संरक्षण, सीप विकास र नियमनात्मक संरचना निर्माण रहेको बताइएको छ। यसैक्रममा, एशोसिएसनलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने र आगामी छ महिनाभित्र अधिवेशन गरी स्थायी कार्यसमिति गठन गर्ने निर्णय पनि गरिएको छ।

सम्बन्धित समाचार

सबै