नेपाली–जापानी गायकको संगीत सहकार्यमा “उडायो” सार्वजनिक

0 Shares

नेपाली तथा जापानी गायकहरूको सहकार्यमा तयार पारिएको ‘उडायो’ बोलको गीत सार्वजनिक गरिएको छ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सहकार्य गरेका नेपाली र जापानी गायकहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो।

यो पहिलो नेपाली–जापानी सांगीतिक सहकार्यमा नेपाली कलाकार VEK र जापानी कलाकार टाकेइ गोग्यो (Takei Kogyo) ले संयुक्त रूपमा आफ्नो स्वर र प्रस्तुति दिएका छन्।
सार्वजनिक गीतको भिडियोमा चर्चित मोडल करिश्मा श्रेष्ठ फिचर्ड छिन्।

गीतको संगीत स्टोरनटर (storenutter) ले तयार पारेका हुन् भने संगीत संयोजन संजिव (SNJV) ले गरेका हुन्।
गीत एमएन प्रोडक्सन्सको ब्यानरमा तयार गरिएको हो।

त्यस्तै, गीतको भिडियोको छायांकन सयुन शाक्य र स्टोरनटरले गरेका हुन्।
गीतका कार्यकारी निर्माता जितबहादुर लामा, मिया लामा तथा निल विक्रम शाही हुन्।

नेपाली र जापानी कलाकारको सहकार्यमा तयार भएको “उडायो” लाई दर्शक तथा संगीतप्रेमीले नयाँ प्रयोगका रूपमा लिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै