क्लासिक सिने युनिभर्सले चलचित्र विकास बोर्डलाई दियो क्यामेरा

0 Shares

नेपाली चलचित्र छायांकनमा महत्वपूर्ण पहिचान बनाउँदै आएको क्लासिक सिने युनिभर्स प्रालिले आफ्नो संस्थागत योगदानको रूपमा प्रयोग गर्दै आएको पिएमडब्लु सोनी इएक्स ३  क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ।

‘दुलही’, ‘सोर्य’, ‘हाता लाग्यो शून्य’, ‘कसम’, ‘नमस्ते’ लगायत दर्जनौँ चर्चित नेपाली चलचित्रमा प्रयोग भएको यो क्यामेरा संस्थाको २५ वर्षे सफल यात्रा तथा योगदानको प्रतीकस्वरूप चलचित्र संग्रहालयमा प्रदर्शित गर्नका लागि प्रदान गरिएको हो।

पिएमडब्लु सोनी इएक्स ३ क्यामेराबाट छायांकन भएका प्रमुख चलचित्रहरूमा दुलही, सोर्य, हाता लाग्यो शून्य, कसम, र नमस्ते पर्दछन्।

सन् २०५७ कार्तिकमा स्थापना भएको क्लासिक सिने युनिभर्सले २५ वर्षको यात्रा पूरा गर्दै, सञ्चालक दिवेशकुमार महर्जन ले २०८२/०७/१२ गते चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लाई क्यामेरा औपचारिक रूपमा हस्तान्तरण गरे।

हस्तान्तरण कार्यक्रममा क्लासिक सिने युनिभर्सका चेयरम्यान दिनेशसिंह महरा, प्रोडक्सन डिजाइनर प्रकाश हमाल लगायतका व्यक्तित्वहरू उपस्थित थिए। चलचित्र विकास बोर्डले यस योगदानलाई नेपाली चलचित्र इतिहास संरक्षण तथा संग्रहालय निर्माणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ।

सम्बन्धित समाचार

सबै