हालै प्रदर्शित चलचित्र ‘मन बिनाको धन’ बालगायक अशोक दर्जी को अभिनयमा नेपालभरका हलमा दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ। नेपाली बक्स अफिसमा चलचित्रले पहिलो हप्तामा १ करोड ६७ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।
नेपालसँगै चलचित्र बिहीबारदेखि कतार, युएई र बहराइनमा पनि प्रदर्शन हुँदैछ। कतारमा बिहीबार र शुक्रबारका दुई शो हाउसफुल भएका छन्। वितरकका अनुसार, कतारमा दुई शो नै हाउसफुल हुने पहिलो नेपाली चलचित्र ‘मन बिनाको धन’ बनेको छ। हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले कतार, युएई र बहराइनमा वितरणको जिम्मा लिएका छन्। युएई र बहराइनमा पनि चलचित्रले राम्रो व्यापार गरेको बताइएको छ।
नेपालमा दर्शकको मन जित्न सफल यस चलचित्रले विदेशमा पनि सकारात्मक प्रतिक्रिया पाएको छ। छिट्टै साउदी अरब र कोरियामा प्रदर्शन हुने तयारी छ।
चलचित्रको कथावस्तु अशोक दर्जीको वास्तविक जीवनमा आधारित रहेको छ। राजधानीमा अशोकसँग दर्शकको भावुक भेट भएको र दर्शकले रोदै अँगालो हाल्ने दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ। चलचित्रको हल भिजिटमा स्कुले विद्यार्थीदेखि उनका अभिभावकसम्म रुँदै निस्केको देखिएको छ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्र टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा रहेको छ। कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुति हो, निर्माण विष्णुमाया मैनाली, कार्यकारी निर्माता मिनु शर्मा (सपना), सहनिर्माता जी.पी. संग्रोला, बिबेक नेपाल, बिजया पाण्डे, तथा क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।