‘झरिपछिको इन्द्रेणी’ सिनेमाले ‘फसायो लमी’ बोलको गीत रिलिज गरेको छ।
अर्जुन घिमिरे पाँडे निर्देशित यस फिल्ममा गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकारहरू छन्। अधिकारी र लामाको गीतमा अतिथी भूमिका रहेको छ। गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर छ भने शब्द र सङ्गीत संयोजन रमेश परियारले गरेका हुन्।
सिनेमाको नृत्य निर्देशन मौसम हिमाली, छायांकन बुद्ध थापा, निर्मात्री अनिशा सेन्दाङ लिम्बु, सह–निर्माता अनु थापा, पंकज खड्का, राम कार्की, सुबास शर्मा, र लाइन प्रोड्युसर योगेश खतिवडा र विनोद कँडेल रहेका छन्। फिल्म नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो।
यस फिल्मको लागि अभिनेता गणेश उप्रेती लामो समयपछि अमेरिकाबाट नेपाल फर्किएका थिए। कलाकार सूचीमा उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायत छन्। यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् भने बाल कलाकार दिप्सन चिलवाल पनि छन्।
निर्देशक अर्जुन घिमिरेको कथा, पटकथा र संवादमा गणेश कार्की र विशाल घिमिरेको योगदान रहेको छ। सिनेमाको पहिलो गीत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। फिल्म पुस ४ मा रिलिज हुने भएको छ।