
तिहारमा रिलिज भएका दुई प्रमुख बलिउड रिलिज—भूल भूलैया-३ र सिंघम अगेन मध्येमा कार्तिक आर्यन स्टारर ‘भूल भूलैया’ले बक्स अफिसमा अजय देवगन स्टारर ‘सिंघम अगेन’ लाई उछिन्ने देखिएको छ ।
कार्तिक आर्यनको भूल भूलैया-३ ले अजय देवगनको सिंघम अगेन लाई बक्स अफिसमा पार गर्दै अग्रता लिएको
रिलिजको १८ औं दिनमा आइपुग्दा अनीस बज्मी निर्देशित भूल भूलैया ३ ले ३८८.१० करोड भारुको विश्वव्यापी बक्स अफिस कलेक्शन गर्दै अजयलाई उछिनेको छ। जबकी अजय देवगनको सिंघम अगेनको कमाइ ३८४.९८ करोड भारु छ। यसले आगामी दिनहरुमा अजय देवगनको एक्शन फिल्मलाई कार्तिकले पछि पार्ने निश्चित भएको देखाएको छ।
सिंघम अगेन अजय देवगनको सबैभन्दा बढी कमाउने फिल्म बन्यो
सिंघम अगेन भने अजय देवगनको करियरको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। यो फिल्मले बक्स अफिसमा ३८४.९८ करोड भारुको कलेक्शन गरेको छ।करियरको सर्वाधिक कमाइ गर्ने सिनेमा बनेपनि कार्तिक आर्यनको भूल भूलैया 3 को कमाइ ४.१ करोडले बढि भइसकेको छ। यो अन्तर चाँडै नै बढ्ने सम्भावना छ, किनकी सिंघम अगेन बक्स अफिसमा कम हुँदै गइरहेको छ।
कार्तिक आर्यनले अरु कसलाई पछि पार्न सक्लान?
कार्तिक आर्यनले अब सिम्बा को ३९३ करोड, दिलवाले को ३९४ करोड, ३ इडियट्स को ३९५ करोड, र प्रेम रतन धन पायो को ३९९ करोडको लक्ष्यलाई पछि पार्ने स्पष्ट संकेत देखाइरहेको देख्न सकिन्छ। यदि भूल भूलैया 3 ले प्रेम रतन धन पायो को कमाइ पार्न सफल भयो भने, यो दिपावलीको दोस्रो सबैभन्दा बढी कमाउने फिल्म बन्नेछ।
भूल भूलैया ३ शीर्ष २५ सबैभन्दा बढी कमाउने हिन्दी फिल्महरूमा सामेल हुने नजिक
भूल भूलैया 3 अहिले सबैभन्दा बढी कमाउने २५ वटा हिन्दी फिल्महरूको सूचीको निटक पुगेको छ। अहिले यो फिल्म सूचीमा २८ औं स्थानमा छ, र सिंघम अगेन भने ३० औं स्थानमा छ।
बक्स अफिस कलेक्शन विवरण
यहाँ १८ दिनको बक्स अफिस कलेक्शनको विश्लेषण गरिएको छ:
भूल भूलैया ३:
भारत नेट: २५३.९० करोड भारु
भारत ग्रस: २९९.६० करोड भारु
विदेश ग्रस: ८८.५० करोड भारु
विश्वव्यापी ग्रस: ३८८.१० करोड भारु
सिंघम अगेन:
भारत नेट: २५६.३५ करोड भारु
भारत ग्रस: ३०२.४९ करोड भारु
विदेश ग्रस: ८२.४९ करोड भारु
विश्वव्यापी ग्रस: ३८४.९८ करोड भारु