रक्षा पन्त बनिन् मिसेस नेपाल वर्ल्ड-२०२५

0 Shares

राजधानीमा शनिवार राति सम्पन्न विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन्।

काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा आयोजित अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पारेकी हुन्।

अन्तिम चरणमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा प्रमुख निर्णायक सर्वेन्द्र खनालले सोधेको – “समाजमा विद्यमान कुन विकृति हटाउन चाहनुहुन्छ?” भन्ने निर्णायक प्रश्नको सटिक उत्तर दिएकी रक्षालाई केडी फोटोग्राफी मोस्ट फोटोजेनिक को उप–उपाधिसमेत प्रदान गरिएको थियो। उनले शीर्ष उपाधिसँगै स्कुटर प्राप्त गरेकी छन्। साथै, उनी अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल घोषित भइन्। उनले सेन्ट्रल फेसन स्कुल फेसन आइकन उप–उपाधि पनि जितिन्।
यसैगरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनल विजेता बनेकी छन्।

मिसेस नेपाल वर्ल्डतर्फ:

  • विद्या चौहान – फर्स्ट रनर्सअप (भ्युवर्स च्वाइस र फेसबुक च्वाइस विजेता)

  • एलिना केसी – सेकेन्ड रनर्सअप (क्युट केयर बेस्ट हेयर विजेता)

  • निर्मला सुनुवार – थर्ड रनर्सअप (सावित्री कञ्जनजंगा बेस्ट डान्सर विजेता)

उनीहरूले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल मा सहभागिता जनाउनेछिन्।
एमएस नेपाल इन्टरनेशनल विजेताले पनि सिंगापुरमा नै हुने एमएस इन्टरनेशनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई करिब साढे तीन दशकदेखि नेपाली फिल्म, कला, संस्कृति तथा साहित्यमा पु¥याएको योगदानको कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो। सम्मान अघि मोडल एसराज गराच र ऋचा थापाले उनका गीतमा नृत्य प्रस्तुति दिएका थिए।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न उपाधि प्रदान गरिएः

  • नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस – अरुणा लामा

  • मेहता कस्मेटिक्स हेल्दी स्किन – तारा खनाल

  • मिशेलिन बेस्ट र्‍याम्प वाक – सुम्निमा खापुङ

  • एआरएस डेन्टल बेस्ट स्माइल – बिनिता अधिकारी

  • रिलायबल डायग्नोस्टिक लयाब मस्ट डिसिप्लिन – बिष्णु भण्डारी

  • क्याभिन्स मस्ट फ्रेन्डली – कुसुम खड्का

  • भीनी मस्ट ट्यालेन्टेड – कञ्चन झा

  • फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली – कल्पना बिष्ट

  • मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन – शुभाना रोक्का

त्यसैगरी:

  • अयुथ वेदा बेस्ट पर्सनालिटी – इमायुं राई

  • स्वास्थ्य श्री बेस्ट फिजिक – सुमिना महर्जन

  • राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चुअल ब्युटी – गंगा लामिछाने

  • रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस – सजनी जोशी

प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वर्ल्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट रहेका थिए।

कार्यक्रमको सञ्चालन सेसेमी लिम्बुले गरेका थिए।

कोरियोग्राफी अश्विनीकान्त झा र डान्स कोरियोग्राफी सन्दीप भुजेलले गरेका थिए भने समायोजन सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरेका थिए।
तस्वीर: बद्री थापा

सम्बन्धित समाचार

सबै