भैँसेपाटी हनी ट्र्याप घटनामा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई बनाइयो प्रतिवादी

0 Shares

ललितपुरको भैँसेपाटीमा भएको हनी ट्र्याप घटनामा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई बनाइयो प्रतिबादी बनाइएको छ।

प्रहरी समेतको मिलेमतोमा भएको हनी ट्रयाप घटनामा अनुसन्धान टुङ्ग्याउँदै प्रहरीले उनीहरुलाई प्रतिवादी बनाएको हो।

सीआईबीको अनुसन्धान पछि तयार पारिएको प्रतिवेदनले प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरेको हो ।

घटनामा संलग्न भनिएका चारजना पक्राउ छन् भने प्रहरी निरीक्षक बिनुकुमारी शाही तथा दर्शन पोखरेल फरार छन् ।

भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर व्यवसायीलाई ‘बला’त्कार मुद्दामा फसाउँछौँ’ भन्दै रकम असुलेको आरोपमा शाहीका सहायक हवलदारसहितका चारजना सहयोगीहरु थुनामा छन्।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका थिए।

घटना सार्वजनिक भएपछि उनलाई प्रभागको प्रमुखबाट हटाउनुका साथै  जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन समिति समेत बनाएको थियो।

छानबिन समितिले पटकपटक सोधपुछका लागि बोलाउँदा पनि शाही अनुपस्थित भएकी थिइन भने पक्राउ पुर्जि जारी  भएदेखि फरार बनेकी थिइन् ।

सम्बन्धित समाचार

सबै