इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट यूकेको आयोजनामा लन्डनमा ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली फिल्म उद्योगमा उत्कृष्ट योगदान पुर्याउने कलाकार, निर्देशक तथा प्राविधिकलाई सम्मान र अवार्ड प्रदान गर्दै समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
यस वर्ष फिल्म ‘खुस्मा’ का माध्यमबाट उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेत्री घोषित भइन् भने ‘पिताम्बर’ का अभिनेता प्रदीप खड्का पपुलर अभिनेता बने।
मुख्य अवार्डहरू:
उत्तम फिल्म: छक्का पन्जा ५
निर्देशक: दीपाश्री निरौला (छक्का पन्जा ५)
अभिनेता: विजय बराल (पूर्णबहादुरको सारङ्गी)
अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
पटकथा: दीपकराज गिरी (छक्का पन्जा ५)
सम्पादन: साहिल खान (द आउट ल : दफा २१९)
छायांकन: पुरुषोत्तम प्रधान (पिताम्बर)
खलनायक: प्रमोद अग्रहरी (पिताम्बर)
सह–अभिनेता: जीतु नेपाल (कर्साङ)
सह–अभिनेत्री:
सृजना सुब्बा (अञ्जिला)
ऋचा घिमिरे (तेल भिसा)
नव प्रतिभा:
नव–अभिनेता: विवेक कर्माचार्य (वर एण्ड वधु)
नव–अभिनेत्री: सृजना निङलेखु
प्राविधिक अवार्ड:
द्वन्द्व निर्देशक: चुल्ठे काजी र श्री श्रेष्ठ
नृत्य निर्देशक: सुनिल श्रेष्ठ र गम्भीर विष्ट (छक्का पन्जा ५)
गायिका: शान्ति श्री परियार – रुकुमै कोट (खुस्मा)
गायक: आशिष अविरल – रैया चाँदीको (पूर्णबहादुरको सारङ्गी)
सङ्गीतकार: थानेश्वर गौतम – रात किन हुन्छ हजुर (अञ्जिला)
Special Mention Award:
फिल्म: सतिदेवी
निर्देशक: कृषा चौलागाईं
Encouragement Award:
अभिनेता: सुमन भन्डारी (द आउट ल : दफा २१९)
अभिनेत्री: दिव्या रायमाझी (पिताम्बर)
Popular Awards:
अभिनेता: प्रदीप खड्का (पिताम्बर)
अभिनेत्री: स्वस्तिमा खड्का (बेहुली–फ्रम मेघौली)
Public Choice Awards:
अभिनेता: दीपकराज गिरी (छक्का पन्जा ५)
अभिनेत्री: नीता ढुंगाना (ह्रस्व दीर्घ)
Jury Awards:
निर्देशक: मिलन चाम्स (अञ्जिला)
अभिनेता: महेश त्रिपाठी (लाज शरणम्)
अभिनेत्री: दीया मास्के (कर्साङ)
Comedy Actor of the Year: केदारप्रसाद घिमिरे
विशेष योगदान सम्मान: केकी अधिकारी
Blockbuster Movie of the Year: पूर्णबहादुरको सारङ्गी
डायस्पोरा Movie Award: तेल भिसा
Performer of the Year: तेरिया मगर
समारोहमा नेपाल तथा यूकेमा रहेका कलाकार, निर्देशक र फिल्मकर्मीको उल्लेखनीय उपस्थिति थियो। युकेतर्फ उेश मोक्तान, आशिष पन्त, टंक भट्टराई, राज पाण्डे तथा नेपालतर्फ सनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की आयोजक समितिमा थिए।
गौरी मल्लको संयोजकत्वमा रमेश बुढाथोकी र करुण थापा सहितको तीन सदस्यीय जूरी मण्डलले २०८१ साल असार मसान्तपछि प्रदर्शनमा आएका फिल्मलाई प्रतिस्पर्धामा समावेश गरेका थिए।
इन्फा अवार्ड नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय उपस्थितिलाई मजबुत बनाउने, नेपाली फिल्मलाई विश्वसनीय र गुणस्तरीय बनाउने उद्देश्यसहित आयोजना हुँदै आएको हो। यस वर्ष शर्मिला मल्ल लाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै, फुटबलर एन्जिला तुम्बाम्फे सुब्बा र कविता नेपाली लाई विशेष प्रेरणा सम्मान दिइयो।
कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे माग्नेबुढा, सितादेवी तिमिल्सिनाको कमेडी प्रस्तुति तथा तेरिया मगर, कविता नेपाली, समर्पण लामा, उषा उप्रेती, एलिसा शर्मा र रिह्यान गिरीको नृत्य/गायन प्रस्तुति प्रस्तुत गरियो।
मुख्य संयोजक मनिष कार्कीका अनुसार नेपालबाट ४० भन्दा बढी फिल्मकर्मी युके पुगेका थिए। आगामी वर्ष पनि इन्फा अवार्डको तेस्रो संस्करण युकेमै आयोजना हुने जानकारी उनले दिए।