अभिनय निरन्तर प्रशंसा पाउँदै आएकी अभिनेत्रेी सुरक्षा पन्तको नयाँ फिल्म ‘धागो’ सुपरफ्लप भएको छ ।
शुक्रबार रिलिज भएको फिल्म सोमबारसम्म आइपुग्दा नेपालभरका सम्पूर्ण हलबाट उत्रेको खबर छ ।
‘धागो’ सुरक्षा यो वर्ष फ्लप भएको तेश्रो फिल्म हो ।
सुरक्षाका यो वर्ष बैशाखदेखि कात्तिकसम्म उनका निम्न चार फिल्म प्रदर्शनमा आए
बैशाख १२ गते: ‘खेल’
भदौ १२ गते: ‘कोशेढुंगा’
असोज ३१ गते: ‘जेरी अन टप’
कात्तिक २८ गते: ‘धागो’
यीमध्ये ‘जेरी अन टप’ मात्र व्यावसायिक रूपमा सफल भयो। तर, उक्त फिल्ममा उनको भूमिका एक्सटेन्डेट केमियोको रुपमा मात्र थियो सो यसको श्रेय पाउनेमा उनीभन्दा पनि अनमोल केसी, जशिता गुरुङ र आँचल शर्मा अगाडि छन्।
वर्षको सुरुवातमा रिलिज भएको उनको पहिलो फिल्म ‘खेल’ एक साता मात्र हलमा चल्यो भने गत शुक्रबार रिलिज भएको ‘धागो’ दुई दिनमै अधिकांश हलबाट हटिसकेको छ। नेपाली वक्सअफिसमा आइतबारका लागि देशभर एक मात्र शो मात्र पाएको यो सिनेमा सोमबारबाट सबै हलबाट टाटाबाइबाइ भइसकेको छ छ ।
त्यस्तै ठूलो अपेक्षा राखिएको ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक सरोज पौडेल निर्देशित फिल्म भएपनि ‘कोशेढुङ्गा’ आफ्नो लगानी उठाउन असफल बन्यो ।
उनको पछिल्लो फिल्म त बिना प्रचारप्रसार हलमा रिलिज गरिएको थियो । जसले गर्दा दर्शकले यो फिल्म आएको गएको भेउ नै पाएनन् ।