महेश बस्नेतसँगको फोटोले साइबर आक्रमण परे कमेडी च्याम्पियनका विशाल भण्डारी, भने — ‘व्यक्तिगत कारणले भेट भएको हो’

0 Shares

एमाले नेता महेश बस्नेतसँगको फोटो र भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको केही घण्टामै कमेडी च्याम्पियन का निर्देशक विशाल भण्डारीले स्पष्टीकरण सार्वजनिक गरेका छन्।

उनका अनुसार, बस्नेतसँगको भेट कुनै राजनीतिक कारण नभई नितान्त व्यक्तिगत समस्यासम्बन्धी परामर्श र समाधानका लागि गरिएको थियो।

भण्डारीले भने, “पछिल्लो समय परेको व्यक्तिगत समस्याका कारण म सहयोगको आशमा तत्कालीन प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू र नेताहरूसँग भेटघाट गरिरहेको थिएँ। जेन–जी आन्दोलनपछि पनि म यही विषयमा अहिलेका प्रधानमन्त्री कार्यालय र गृहका साथीहरूसँग सम्पर्कमै छु।”

भण्डारीको व्यक्तिगत समस्या भनेको व्यवसायी हरि भट्टराईसँगको आर्थिक विवाद हो। भट्टराईले भण्डारीको कम्पनीमा लगानी गरेका थिए, तर लगानी र लेनदेनमा आएको मतभेदले विवाद चर्किएको थियो। उक्त विवाद दुवैले सामाजिक सञ्जालमै सार्वजनिक गरेका थिए, र अहिले केस अदालतमा विचाराधीन छ।

यसै विषयमा सहजीकरण होस् भन्ने आशामा भण्डारीले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारेका थिए। पछिल्लो समय आफू ‘गुन्डु पुगे’ भनेर सामाजिक सञ्जालमा आलोचना बढेपछि उनले सार्वजनिक रूपमा स्थिति स्पष्ट गरेका हुन्।

उ“म कुनै राजनीतिक समूह, दल वा व्यक्तिको समर्थनमा बस्नेतज्यूसँग गएको होइन। न त म राजनीतिक रूपमा कसैको पक्षमा उभिएको व्यक्ति हुँ।”,आफ्नो फेसबुक पोस्टमा विशालले भनेका छन् ।

सम्बन्धित समाचार

सबै