‘तेल भिसा’ र ‘अग्निदहन’ अग्रिम टिकट बुकिङ खुल्यो, यस्तो छ शो संख्या

0 Shares

शुक्रबारबाट रिलिज हुन लागेका ‘तेल भिसा’ र ‘अग्निदहन’  अग्रिम टिकट बिक्री खुलेको छ।

‘तेल भिसा’ले देशभर ८८ शो पाउँदा ‘अग्निदहन’ले २३ शो पाएको छ ।

‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेका हुन् भने ‘अग्नीदहन’का निर्देशक घनश्याम लामिछाने हुन् ।

हलहरुले ‘तेल भिसा’ लाई उत्साहजनक शो दिएका छन् । विपिन कार्की तथा वर्षा राउत स्टारर सिनेमालाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन काठमाडौंमा २५ र मोफसलमा २४ गरी ४९ शो दिएको छ।

यस्तै सिनेमाले आईएनआईमा ९, वान सिनेमाजमा ७, बिग मुभिजमा ४ शो पाएको छ। अन्य हलले पनि बुकिङ खुलाएका छन्।

उता ‘अग्निदहन’ ले क्युएफएक्सको काठमाडौं चेनमा ४ शो मात्र पाएको छ भने आईएनआईमा ३, वान सिनेमाजमा २ र बिग मुभिजमा १ शो दिइएको छ।

‘तेल भिसा’मा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको पनि अभिनय छ। यसमा विपिन बृद्ध र जवान गरी दुइटा दोहोरो भूमिकामा रहेका छन् ।

त्यस्तै वोक्सी प्रथाको अन्धविश्वासविरिद्धको अभियानका रुपमा निर्माण गरिएको भनिएको ‘अग्निदहन’ सोसल ड्रामा हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा सिनेमा आधारित रहेको छ।

यो सिनेमामा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत छन्।

यी दुई सिनेमाका अलावा नेपाली वक्सअफिसमा हलिउड फिल्म ‘ग्लेडिएटर’ पनि रिलिज हुँदैछ। यसको पनि अग्रिम बुकिङ खुलिसकेको छ। यसले ३४ शो पाएको छ।

यसैगरी तिहारमा रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ पनि हलमा लागि रहेको छ। यसको व्यापार अझै पनि कीर्तिमान उन्मुख रहेको छ

त्यस्तै अघिल्लो शुक्रबार रिलिज ‘ह्रस्व दीर्घ’ ले वक्सअफिसमा आफ्नो प्रभावशाली उपस्थिति जनाइरहेको छ।

सम्बन्धित समाचार

सबै