‘आ बाट आमा’को युएई, कतार, बहराइन र इजरायलमा प्रदर्शन अधिकार बिक्री

0 Shares

आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्म ‘आ बाट आमा’ को युएई, कतार, बहराइन र इजरायलमा विक्रि भएको छ

यसअघि फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले खरीद गरिसकेको थियो। पछिल्लो अपडेटले ‘आ बाट आमा’ को विदेशी बजारमा चर्चित माग बढिरहेको संकेत गर्छ।

फिल्मका निर्देशक चन्द्र पन्तका अनुसार विदेशी वितरणकर्ताबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले नेपाली फिल्म उद्योगका लागि सकारात्मक सन्देश दिएको छ।

चन्द्र पन्त निर्देशित यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, अंशु महर्जन, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रविन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलिप उखेडा र रचना गौतमको अभिनय समावेश छ।

फिल्मले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने दृष्टिकोणलाई मुख्य विषयका रूपमा प्रस्तुत गर्छ।
फिल्मको चर्चित स्लोगन — “बा आमाले पसिनाले घर बनाए, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’ बनाउनुपर्‍यो” — ले धेरै दर्शकलाई छोएको निर्माण पक्ष बताउँछ। यसले विदेशिनुमा लुकेको पारिवारिक पीडा र भावनात्मक दूरीलाई कथामा बुनेको बुझिन्छ।

नेपालमा फिल्म वितरण अधिकार आरआर फिल्म्सले पाएको छ भने डिजिटल अधिकार ओएसआरकहाँ रहेको छ। आगामी माघ १६ गतेदेखि सर्वत्र प्रदर्शनमा आउँदै गरेको ‘आ बाट आमा’ प्रति निर्देशक पन्त उत्साहित देखिन्छन्। यो उनको दोस्रो निर्देशन हो। उनको पहिलो निर्देशन ‘ह्रस्वदीर्घ’ गत वर्ष सफल प्रदर्शनमा आएको थियो।

सम्बन्धित समाचार

सबै