रहेनन् ज्वाला’ र ‘जीवन संघर्ष’का निर्माता दिलिप पौडेल

0 Shares

चर्चित चलचित्र निर्माता दिलिप पौडेलको बुधबार राती निधन भएको छ।

७४ वर्षीय पौडेलको उपचारको क्रममा ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा राति ११ बजेर १६ मिनेटमा मृत्यु भएको हो।

उहाँले नेपाली चलचित्रमा राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, शुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायत कलाकारसहित ‘ज्वाला’ नामक फिल्म निर्माण गर्नु भएको थियो। त्यस्तै, राजेश हमाल, मिथिला शर्मा, युवराज लामा, आरधना क्षत्री र उत्पला खड्का अभिनय रहेको ‘जीवन संघर्ष’ पनि उहाँको निर्माण हो।

पौडेल नेपालमै पहिलो पटक कानुनी लेखापढी सेन्टर स्थापना गर्ने व्यक्ति पनि थिए। उहाँले राजधानीको डिल्लीबजारमा आनन्द लेखापढी सेन्टर सञ्चालन गर्नु भएको थियो। साथै, नेपाल लेखापढी कानुन व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहनु भएको पौडेलले काठमाडौंको ओम् शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिमपानी कबाब घर सञ्चालन गर्दै आउनु भएको थियो।

स्व. पौडेलको बुधबार राति पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

सम्बन्धित समाचार

सबै