‘किन लाग्छ माया’ फस्टलुक सार्वजनिक, चैत्र ६ गते रिलिज हुने

0 Shares

एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘किन लाग्छ माया’ यही चैत्र ६ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शन हुने भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको पहिलो लुक सार्वजनिक गरेको छ।

सार्वजनिक फस्टलुकमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापा देखिएका छन्।

सन्जीत भण्डारी र मोनु खड्काको निर्माण तथा कुवेर तामाङको निर्देशनमा बनेको फिल्ममा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा, रामजी लमसॉल र प्रज्ञान खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ।

बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीको अभिनय छ। म्यूजिक भिडियोमा काम गर्दै आएका सेडो रियल यस फिल्मबाट सिनेमामा डेब्यू गर्दैछन्।

फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका छन्। फिल्ममा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुष्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्ले, सम्पादन टेकेन्द्र शाह र पोस्टर राकेश दाहालले तयार पारेका छन्।

निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल हुन् भने मुख्य सहायक निर्देशक रामशरण कोइराला हुन्।

चलचित्रले दाजुभाइबीचको मित्रता, आपसी जिम्मेवारी, त्याग, र विवाहपछिको प्रेमलाई प्रस्तुत गर्नेछ। पारिवारिक र सामाजिक कथावस्तुमा निर्माण गरिएको यस फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै