चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने

0 Shares

बालगायक अशोक दर्जी मुख्य भूमिकामा रहेको चलचित्र ‘मन बिनको धन’ अहिले देशभर तेस्रो सातामा प्रदर्शनमा छ। करिब ३.५ करोडको कमाइ गर्दै चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

दर्शकहरूले दर्जीको वास्तविक जीवनमा आधारित कथावस्तुलाई मन पराएका छन्। सामाजिक सञ्जालमा दर्जीलाई अँगालो हालेर रुदै गरेको भिडियो भाइरल बनेको छ। फिल्म प्रदर्शनमा स्कुलका विद्यार्थीदेखि बृद्ध–बृद्धासम्म हलमा उपस्थित देखिन्छन्।

निर्देशक टंक बुढाथोकीले शनिबार फेसबुकमार्फत बताएका छन् कि फिल्मले गुरु–शिष्य सम्बन्ध र कर्तव्यबोधलाई विशेष रूपमा उजागर गरेको छ र सबै गुरु–विद्यार्थीहरूले हेर्नैपर्ने फिल्म भएको प्रतिक्रिया पाएर खुशी लागेको छ।

बुढाथोकीले निर्माण टिम देशभरका विद्यालयलाई सहयोग गर्न तयार रहेको बताए। विद्यालयहरूले फिल्म हेर्न सकून् भनेर उनी आफ्नो सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन्। फिल्मले गुरु–शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्यबोध शिक्षाको महत्व प्रभावकारी ढंगले प्रस्तुत गरेको छ।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको निर्माण तथा निर्देशन टंक बुढाथोकीले गरेका हुन्। कथा बुढाथोकीकै लेखनमा आधारित छ भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन्। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण विष्णुमाया मैनालीले गरेकी हुन्। कार्यकारी निर्माता मिनु शर्मा (सपना) हुन् भने सहनिर्मातामा जी.पी. संग्रोला, बिबेक नेपाल, बिजया पाण्डे छन्। क्रिएटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।

संगीत निर्देशक टंक बुढाथोकी, छायांकन सौरभ लामाले, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङले गरेका छन्।

सम्बन्धित समाचार

सबै