‘पीआर’ का अभिनेता सुरज पौडेलको जन्मदिनमा ‘तिमी छौ र त’ गीत सार्वजनिक

0 Shares

निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’ को नयाँ गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मका अभिनेता आर. ए. सुरज पौडेलको जन्मदिनको अवसर पारेर उक्त गीत रिलिज गरेको हो।

शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर, अबर्नमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको निर्माण पक्षले जानकारी दिएको छ। भिडियो सलोमा युट्युब च्यानलमार्फत हेर्न सकिन्छ, जहाँ अभिनेता आर. ए. सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको रमाइलो नृत्य देख्न सकिन्छ।

गीतको संगीत मानस राज, स्वर सनुप पौडेल र नीतु पुन, र कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा प्रमुख भूमिकामा आर.ए. सुरज पौडेल, बिनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल रहेका छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की पनि छन्।

निर्देशक बस्नेत हाल अष्ट्रेलियामा फिल्मको प्रचारमा सक्रिय छन्। गीतको भिडियो रिलिज गर्दै बस्नेतले भने, “पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ।”

फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग सम्बन्धित भावनात्मक कथामा आधारित छ। यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारी, लगानी लक्ष्मण सापकोटा र प्रदीप दाहाल, सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथोकी, छायांकन सौरभ सायमी र सौरभ लामा, र वितरण आर आर फिल्म्सले गर्नेछ। फिल्म मंसिर २६ बाट देशभरका हलमा प्रदर्शनमा आउने छ।

सम्बन्धित समाचार

सबै