बिक्री भयो `पिआर´को अस्ट्रेलिया र न्युजिल्यान्ड प्रदर्शन अधिकार

0 Shares

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शनपूर्व नै सोल्ड–आउट भएको छ। मंसिर २६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई त्यहाँका मि. श्रेष्ठ प्रोप्राइटरी लिमिटेड र श्रेष्ठ फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीले संयुक्त रूपमा खरिद गरेका हुन्।

उनीहरूका सञ्चालक विजेन्द्र श्रेष्ठका अनुसार फिल्मले सामाजिक सन्देश बोकेको र सर्वसाधारणले बुझ्न सक्ने कथावस्तु भएकाले उच्च मागअनुसार खरिद गरिएको हो।

यसअघि ‘पीआर’ का विशेष शो अष्ट्रेलियाका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो। विशेष शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए र निर्माण पक्षको प्रशंसा गरेका थिए।

बस्नेतको निर्देशनमा बनेको फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्।

विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल र दिक्पाल कार्की देखिनछन्।

यतिबेला निर्देशक बस्नेत स्वयं अष्ट्रेलियामै छन् र त्यहाँको हलमा रिलिज र प्रमोसन कार्यमा व्यस्त छन्।

फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। फिल्ममा बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन, सौरभ सायमी र सौरभ लामाको छायांकन छ।

गीतमा मानस राजको संगीत तथा सनुप पौडेल र नीतु पुनको स्वर समावेश छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

सम्बन्धित समाचार

सबै