‘काजी’ चैत २७ गते रिलिज हुने, फर्स्ट लुक सार्वजनिक

0 Shares

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ले प्रदर्शन मिति सार्वजनिक गरेको छ। फर्स्ट लुक पोस्टर रिलिज गर्दै निर्माण टिमले फिल्म चैत २७ गते रिलिज हुने जानकारी दिएको हो। नयाँ वर्षको बिदालाई लक्षित गर्दै फिल्म सो मितिमा रिलिज गर्न लागिएको निर्माण पक्षले जनाएको छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको फर्स्ट लुकमा मुख्य भूमिकामा रहेका विपिन कार्की देखिन्छन्। चिटिक्क कोरिएको कपाल, मिलेको दाह्री र सर्टमा देखिएका उनी युवा र स्मार्ट लुकमा प्रस्तुत भएका छन्। पोस्टरमा उनी गम्भीर मुद्रामा केही सोचिरहेको वा नियालिरहेको देखिन्छ।

पोस्टरमा केकी अधिकारीलाई पनि समावेश गरिएको छ। विपिनले उनलाई मुटुमा राखेझैं देखिएको दृश्य तथा सँगै बिताएको समय सम्झिरहेको भावभूमिले ‘काजी’ पारिवारिक प्रेमकथा (फ्यामिली लभस्टोरी)मा केन्द्रित रहेको संकेत गर्छ।

विपिन र केकीसँगै फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय रहेको छ।

यो फिल्ममार्फत निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। आफूले खोजेजस्तै स्क्रिप्ट भेटिएकाले पुनः निर्देशनमा फर्किएको उनले बताए। रिजालले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरेका थिए भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’ निर्माण गरेका थिए।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता रामप्रसाद रिजाल हुन्। फिल्ममा प्रदीप भारद्धाजको लेखन, चिन्तन राजभण्डारीको छायांकन, तथा कालिप्रसाद बास्कोटाका गीत–संगीत समावेश छन्।

फिल्मका अन्य क्रू सदस्यमा ओजस्वी ओझा (प्रोडक्सन डिजाइन), श्याम कुँवर (रङ संयोजन), सागर अर्याल (लोकेशन साउन्ड/साउन्ड डिजाइन), सुजिल कर्माचार्य (ब्याक्ग्राउन्ड स्कोर), रोनाल्ड श्रेष्ठ (क्रिएटिभ हेड), कविराज गहतरज (कोरियोग्राफी) छन्।

प्रकाश हमाल प्रोडक्सन हेड, बनिश शाह सम्पादन सुपरभाइजर, बिपिन मल्ल सम्पादक छन्। कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल र विकास राज जोशी रहेका छन्।

फिल्मको वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ।

सम्बन्धित समाचार

सबै