सरोज ओलीकाे ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक

0 Shares

करिब चार वर्षको अन्तरालपछि गायक सरोज ओली पुनः गायनमा फर्किएका छन्। ‘माछिले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौँला’ जस्ता सुपरहिट गीतका गायक ओलीको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको हो।

गीतमा शब्द सरोज ओली स्वयंले लेखेका छन् भने संगीत दिपक शर्माले तयार पारेका छन्। गीतको फिमेल भर्सनमा भारतीय गायिका भूमि त्रिदेवीले स्वर सहयोग गरेकी छिन्।

किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा गायक ओलीसँगै आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली र प्रेमा लाम्गादे देखिएका छन्।

ठूलो सेटमा डान्सिङ बीटमा तयार पारिएको भिडियो आकर्षक भिजुअलका साथ प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्ने संकेत भएको छ।

गीतको छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन्।

 

 

सम्बन्धित समाचार

सबै