‘मिरमिरे’का अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार मध्यपूर्वसहित पाँच देशमा बिक्री

0 Shares

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘मिरमिरे’का अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार मध्यपूर्वका पाँच देशमा बिक्री भएका छन्। निर्देशक यम शेर्पाका अनुसार युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको हो।

फिल्मले केही समयअघि दुई फर्स्ट–लक पोस्टर सार्वजनिक गरेको थियो, जसमा मुख्य कलाकार दयाहाङ राई, सिर्जना निङलेखु, प्रकाश सपूत, बाल कलाकार तथा शाइसा गौचन फिचर्ड थिए।

फिल्म माघ १ गते रिलिज हुँदैछ।

‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

दयाहाङ र प्रकाश सपूतको यो पहिलो सहकार्य हो। निर्देशक यम शेर्पाले भने दयाहाङसँग यसअघि आफ्नो पहिलो निर्देशन **‘कार्साङ’**मा पनि सहकार्य गरेका थिए।

फिल्मको कथा निर्देशक यम शेर्पाले स्वयं लेखेका छन्। छायांकन आलोक शुक्लाले गरेका छन्।

फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा, र आङ्छिरिङ शेर्पा छन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर रहेका छन्।

फिल्मका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल हुन्। वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट, र दिलीप पन्त निर्माण नियन्त्रकको भूमिकामा छन्।

फिल्म ‘मिरमिरे’को देशभरको वितरणको जिम्मेवारी आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन्।

सम्बन्धित समाचार

सबै