‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने?

0 Shares

‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपालभर नेपाली र हिन्दी दुवै भाषामा एकैसाथ रिलिज हुने भएको छ। लामो समयदेखि स्थगित हुँदै आएको यो फिल्म रिलिजको घोषणासँगै दर्शकमाझ उत्सुकता बढेको छ।

फिल्म किन हेर्नुपर्ने ? यहाँ छन् पाँच प्रमुख कारण—

१. कामेश्वर चौरसियाको पहिलो सोलो लिड रोल

करिब दुई दशकदेखि अभिनय यात्रामा सक्रिय कामेश्वर चौरसियाले पहिलोपटक सोलो लिडको अवसर पाएका छन्। आफूलाई प्रमाणित गर्ने उद्देश्यले उनले फिल्ममा विशेष मेहनत गरेको बताइन्छ।

२. लक्ष्मी बर्देवाको पहिलो सार्वजनिक लिड रोल

लक्ष्मी बर्देवा यद्यपि धेरै फिल्ममा सोलो लिडमा काम गरिसकेकी अभिनेत्री हुन्, तर चार फिल्म रिलिज नहुँदा कुनै पनि काम दर्शकमाझ आएको थिएन। ‘अभिमन्यु’ उनको पहिलो सार्वजनिक लिड रोल भएको फिल्म हो।

३. ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताको नयाँ परियोजना

नेपालमा करिब ४७ करोड रुपैयाँ ग्रस–कलेक्शन गर्दै रेकर्ड बनाएको ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले निर्माण गरेको दोस्रो फिल्म भएकाले यसको स्तरबारे दर्शक स्वाभाविक रूपमा उत्सुक छन्।

४. पुनः ‘अन्डरडग’ कलाकारहरूमाथि निर्माताको भरोसा

निर्माता विनोद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ जस्तै यसपटक पनि मुख्य भूमिकामा अन्य निर्माताले लिड नदिएका कलाकारलाई चुनिएका छन्।
यसले—फिल्ममा केही बलिया पक्ष छन् भन्ने संकेत गर्छ।

५. भोजपुरी फ्लेभर, मधेस कथा र नयाँ एक्सपेरिमेन्ट

फिल्ममा भोजपुरी फ्लेभरको गीत, मधेसी मूलका मुख्य अभिनेता र सम्भवतः मधेसको कथाभूमिका रहेको अनुमान गरिएको छ। कथा के हो भन्ने जिज्ञासाका लागि पनि फिल्म रोचक मानिन्छ।

सम्बन्धित समाचार

सबै