हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक पोस्टरमा अधिकांश प्रमुख कलाकारलाई आफ्नो–आफ्नो क्यारेक्टर लुकमा प्रस्तुत गरिएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा तयार भएको यस फिल्मले अभिनेता गणेश उप्रेतीलाई लामो समयपछि कमब्याक गराउँदैछ। उप्रेती यसका लागि अमेरिकाबाट नेपाल फर्किएका थिए।
फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईले अभिनय गरेका छन्।
यसै फिल्ममार्फत विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्। बाल कलाकार दिप्सन चिलवालले पनि महत्वपूर्ण भूमिका निभाएका छन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।
फिल्म निर्देशक घिमिरेकै कथामा आधारित छ। पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्।
छायांकन बुद्ध थापा,
निर्मात्री अनिशा सेन्दाङ लिम्बु,
सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की छन्।
लाइन प्रोड्युसर योगेश खतिवडा र विनोद कँडेल हुन्।