‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक सार्वजनिक, चैत २७

0 Shares

आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डल्लेले इन्ट्री गते रिलिज हुने  मार्यो’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो।

पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को एक्लो क्यारेक्टर लुक प्रस्तुत गरिएको छ, जहाँ उनी औँलाले सिगरेट समात्दै झुम्म परेका देखिन्छन्। कतैकतै सिगरेट तान्दा निदाएको झल्किने यो अभिव्यक्ति फिल्ममा देखाइने क्यारेक्टरको विशेषतासँग जोडिएको बुझिन्छ। पोस्टरले युवापुस्तामा बढ्दै गएको कुलतबारे कुनै सामाजिक सन्देश दिन खोजिएको संकेत दिन्छ।

फिल्मको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा गरिएको छ, भने करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी क्षेत्रमा खिचिएको छ।

निर्देशक राजु गिरीका अनुसार फिल्मको पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका हुन्। सुवेदी यसअघि आधा दर्जनभन्दा बढी फिल्म लेखन तथा निर्देशन गरिसकेका छन्।

फिल्ममा सागर लम्साल (बले)सँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रविन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरी खड्का, रमेश अधिकारी, माधव खनाल, सुस्मा केसी, नवराज गिरि लगायत कलाकारको अभिनय रहेको छ। निर्देशक राजु गिरी स्वयं पनि फिल्ममा देखिँदै छन्।

बाल कलाकारमा कंगना गिरी, रोनिश खड्का र काजल गिरी छन्।

फिल्ममा बिनयराज पौडेल मुख्य सह–निर्देशक, श्याम तामाङ छायाकार, सुमन काफ्ले निर्माण व्यवस्थापक रहेका छन्। कथा उमेश कुमार बस्नेतको हो।
फिल्मका निर्माता सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी हुन्।

उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको वितरण नेसनल सिने ग्रुपले गर्नेछ।

सम्बन्धित समाचार

सबै