‘मुगलान’को रोमान्टिक गीत ‘मेरो प्रियतम’ सार्वजनिक

0 Shares

आगामी पुष १० गते प्रदर्शनमा आउन लागेको फिल्म मुगलान को रोमान्टिक गीत ‘मेरो प्रियतम’ सोमबार सार्वजनिक गरिएको छ। रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्मको यस गीतमा मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकाललाई फिचर गरिएको छ, जहाँ उनीहरूको अनस्क्रिन केमिस्ट्री निकै मनोहारि देखिन्छ।

गीतमा प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको छ। सिर्जना लम्सालले लेखेको गीतमा किरण भुसालको संगीत र रिदम कँडेलको संयोजन छ। गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।
भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफी देवेन्द्र कुँवरको रहेको छ।

यसअघि सार्वजनिक ‘पिन्टु पियारी’ गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए, जसले मुगलान को प्रतीक्षा झनै बढाएको छ।

फिल्ममा प्रभात पाल र स्मारिका ढकालसँगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतको अभिनय समावेश छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको फिल्मका निर्माता गोमन सिंह हुन्। यो सिंहको डेब्यु निर्माण हो। फिल्मकी सह-निर्मातामा रिता चौधरी रहेकी छन्।

चलचित्रका अन्य पछिल्ला प्राविधिक पक्षमा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरूको द्वन्द्व निर्देशन, अजय रेग्मीको डीओपी र रिदम कँडेलको बिएम समावेश छन्।
गीतमा शान्तिश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) को स्वर छ भने रचनामा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) को योगदान छ।

मुगलान को वितरण आर.आर. फिल्म्सले गर्नेछ। ‘मेरो प्रियतम’ गीत युना इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।

सम्बन्धित समाचार

सबै