अष्ट्रियाली वृत्तचित्र निर्देशक क्यारोला मायर काठमाडौं आउने

0 Shares

दिग्गज अष्ट्रियाली वृत्तचित्र निर्दशक क्यारोला मायर काठमाडौं आउने तय भएको छ।
२६ मंसिर, शुक्रबार अस्कर इन्टरनेसनल कलेजमा उनको वृत्तचित्र हेलवाच प्रदर्शनीका लागि उनी काठमाडौं आउने भएकी हुन्।

हेलवाच एक जना अष्ट्रियाली लेखक, पर्वतारोही तथा भेडीगोठाले बोडो हेलका बारेमा बनेको काव्यिक पोट्रेट वृत्तचित्र हो। अष्ट्रियाली सरकारद्वारा छनौट गरिएका ‘राष्ट्रका लागि योगदान गरेका’ १२ जना साहसी महिलामध्ये मायर एक हुन्। वृत्तचित्र प्रदर्शनीपछि निर्देशक मायरसँगको अन्तक्र्रियासमेत गरिने कलेजका शिक्षक नवनिधि दाहालले जानकारी दिए।

उनले वृत्तचित्रको प्रदर्शनी लगत्तै तीन दिने ‘क्यालिओप प्रस्तुति’को पनि उद्घाटन हुने बताए। उनले २६ देखि २८ मंसिर (१२ देखि १४ डिसेम्बर) सम्म क्यालिओप प्रस्तुति प्रदर्शनी अष्ट्रियाली दूतावास नयाँ दिल्लीसँगको सहकार्यमा अस्कर कलेजले आयोजना गरेको बताए।

सम्बन्धित समाचार

सबै