फेरि बन्ने भो ‘सिलसिला’ , नरेश पौड्यालले निर्देशन गर्दै

0 Shares

नरेश पौड्यालको निर्देशनमा नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् ।

उनले ‘सिलसिला’ नामक सिनेमा निर्देशन गर्न लागेको पुष्टि गरे।

यसअघिपौड्यालले  ‘चुनौती,’ ‘हिरो,’ ‘धड्कन,’ ‘अभिमन्यु’ र ‘दीपशिखा’ जस्ता लोकप्रिय सिनेमा निर्देशन गरिसकेका छन् ।

सुप्रिम फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुर्य श्रेष्ठ हुन्।

प्रेमकथामा आधारित हुने सिनेमाको हाल गीत रेकर्डिङ कार्य भइरहेको छ। सिनेमामा तीनवटा गीत रहनेछन्, जसमा संगीत योगेश काजी शाहको र शब्द रमेश जंग बिस्टको रहने निर्देशक पौड्यालले बताए।

आगामी माघ २१ गते बसन्त पञ्चमीबाट सिनेमा फ्लोरमा जानेछ ।

हाल कलाकारहरूको छनोट प्रक्रियामा रहेको निर्देशक पौड्यालले बताए। चलचित्रमा केही नयाँका साथसाथै अनुभवी कलाकारहरूको अभिनय रहनेछ।

यसअघि २५ वर्षअघि पनि यही नाममा सिनेमा बनिसकेको छ।

विराज भट्ट र रेखा थापा मुख्य भूमिकामा रहेको सिनेमा त्यतिबेला निक्कै सफल बनेको थियो। सिनेमाको ‘सागरसरी चोखो माया’ बोलको गीतले अत्याधिक लोकप्रिय बनेको थियो ।

यस्तो नयाँ ‘सिलसिला’ कस्तो हुनेछ सिनेमा रिलिजपछि थाहा नै हुनेछ ।

सम्बन्धित समाचार

सबै