‘मालती मङ्गले’को गीतमा विजय र वर्षाको रोमान्टिक रुप

0 Shares

नेपाली फिल्म ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ। यसअघि दुई गीत बाँकी रहेका मध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले नयाँ उत्साहका साथ सुरु गरिएको निर्माण टिमले जनाएको छ।

एसडी योगीको सङ्गीतमा तयार भएको यस गीतमा रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर छ भने हर्क साउदले शब्द लेखेका हुन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा विजय बराल र वर्षा राउतले क्लासिक बलिउड लुकमा रोमान्टिक नृत्य प्रस्तुत गरिरहेका छन्। रोशन बिके यसका कोरियोग्राफर हुन्।

छायाङ्कन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमबार काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन गरिएको छ भने मंगलबार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ। यसपछि एउटा गीत मात्र छायाङ्कन गर्न बाँकी रहनेछ, जसपछि फिल्मको सम्पूर्ण छायाङ्कन पूरा हुनेछ।

यो फिल्म **रानी म्युजिक इन्टरनेशनल प्रा.लि.**को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको हो। निर्माण पक्षमा रामकृष्ण ढकाल निर्माता छन् भने सह–निर्माता बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्।

फिल्मका निर्देशक प्रकु पाण्डेय हुन्, जसले कथा पनि लेखेका छन्। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्।

फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै