‘परिवर्तन’को गीतमा सुशिल र अञ्जनाको छमछमी नृत्य

0 Shares

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’को गीत छायाङ्कन जर्सिङ पौवामा तीव्र रूपमा जारी छ। एसडी योगी र रेश्मा पुनको स्वर रहेको ‘पाकेको चिउरी’ गीतको भिडियो हाल त्यहीँ सुट भइरहेको निर्माण टोलीले जनाएको छ।

गीतमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीले उत्साहपूर्ण नृत्य प्रस्तुत गरिरहेका छन्। उनीहरूलाई नृत्य निर्देशक रामजी लामिछानेले कोरियोग्राफ गर्दै छन् भने छायांकन शिव ढकालले गरिरहेका छन्।

छायाङ्कन भइरहेको गीतका शब्द मौसम अर्यालले लेखेका हुन्। संगीत गायक एसडी योगीकै रहेको छ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ।
एक्सन–सस्पेन्स विधामा निर्माण भइरहेको फिल्मलाई विजय केरूङले निर्देशन गरेका छन्। फिल्मको कथा तथा निर्माण दीपक सिवाकोटीको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।

फिल्ममा द्वन्द्व निर्देशन श्री श्रेष्ठ, कोरियोग्राफी रामजी लामिछाने, र संगीत एसडी योगीको रहनेछ।

सम्बन्धित समाचार

सबै