‘गोबर गणेश’को पोस्टर सार्वजनिक, मरिचमान र वर्षा प्रशन्न मुद्रामा

0 Shares

निर्माण पक्षले माघ १ गते प्रदर्शन हुने फिल्म ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटीलाई फिचर गरिएको छ, जहाँ उनीहरू एकअर्काको अपोजिट भूमिकामा देखिन्छन्।

पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे बसेका छन्। दुवै कलाकार प्रशन्न मुद्रामा देखिन्छन्, जसले उनीहरूले खुसी–खुसी जीवन बिताइरहेको संकेत गर्छ। पोस्टरमा देखिएको रिक्सा, फोहोरका बोराहरू, डस्ट प्यान र बल्छीको गलामा झुण्डिएको सिठीले उनीहरू नगरपालिकाको फोहोर व्यवस्थापन टोलीका कर्मचारीजस्तै देखिन्छन्। पृष्ठभूमिमा कीर्तिपुरजस्तै देखिने बाक्ला सहरका घरहरू छन्।

पोस्टरमा हरियो टोन प्रयोग गरिएको छ, जसले फिल्मले पोजेटिभ स्टोरी सुनाउने संकेत गर्छ। यद्यपि फिल्मको कथा बारे निर्माण पक्षले विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन।

मरिचमान श्रेष्ठको निर्देशनमा बनेको ‘गोबर गणेश’को छायांकन सकिएको छ र अहिले फिल्म पोस्ट–प्रोडक्सन चरणमा पुगेको छ। पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकले माया दिने विश्वास व्यक्त गरे।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको पब्लिसिटी डिजाइन टौवा स्टुडियोले तयार पारेको छ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा फिल्मको डिस्ट्रिब्यूसन श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

सम्बन्धित समाचार

सबै