दोस्रो हप्तामा पुगेको ‘अभिमन्यु’मा शो अभाव, दर्शकको गुनासो– ‘सिनेमा हेर्न पाइएन’

0 Shares

फरेन मार्केटमा ऐतिहासिक शो प्राप्त गरेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ आजदेखि घरेलु बजारमा दोस्रो सातामा प्रवेश गरेको छ। गत बिहीबार रिलिज भएको यो फिल्म ले दोस्रो हप्ता थालनी गरे पनि आवश्यक परिमाणमा शो पाउन भने सकेको छैन।

शो सीमित भए पनि उपलब्ध हलहरूमा दर्शकको अकुपेन्सी भने राम्रो देखिएको छ। यद्यपि, धेरै स्थानका दर्शकले शो नपाएर सिनेमा हेर्न नपाएको भन्दै निर्माण टिमका सदस्यलाई सामाजिक सञ्जालमार्फत मेन्सन गरी गुनासो व्यक्त गरिरहेका छन्।

पब्लिक रिभ्यूदेखि समीक्षकको मूल्यांकनसम्म सकारात्मक प्रतिक्रिया आएको हुँदा फिल्म हेर्नको माग बढेको छ। तर, अपेक्षा अनुसार शो नपाउँदा दर्शक निराश भएको देखिन्छ।

निर्माणपक्षका अनुसार, “रिभ्यू राम्रो आएको, सिनेमा राम्रो छ भनेर सबैले भने पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम लिनु कि नलिनु भन्ने प्रश्न उब्जिएको छ,” भन्ने प्रतिक्रिया आएको छ।

सुशान्त गौतम निर्देशनको ‘अभिमन्यु’ का क्रिएटिभ निर्देशक मदन थापा हुन्। मुकेश खनालले लेखन गरेको यो फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङ्देललगायत कलाकार मुख्य भूमिकामा छन्।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्। लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।

शरद महतोको डीओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन यस फिल्मका प्राविधिक पक्ष हुन्।

सम्बन्धित समाचार

सबै