‘तलाश’ फागुनमा रिलिज हुँदै

0 Shares

काठमाडौँ – विश्व शान्ति फिल्म्स प्रालिको ब्यानरमा निर्मित फिल्म ‘तलाश’ आगामी फागुनमा रिलिज हुने भएको छ। हस्त लिबाङको डेब्यु निर्देशनमा बनेको यो फिल्म मोरङ, धरान, इलाम र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको हो।

निर्देशक हस्त लिबाङ का अनुसार फिल्मले समाजमा रहस्यमय तरिकाले घट्ने आपराधिक घटनाहरूलाई आफ्नो मुख्य कथाका रूपमा उठाएको छ। उनले फागुनमै प्रदर्शन गर्ने तयारी गरे पनि ठ्याक्कै कुन मितिमा रिलिज गर्ने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको जानकारी दिए।

फिल्ममा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ स्वयं, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खड्का, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, बिक्रम धिमाल, प्रिति योगी, कल्याण राई, विश्व मुखिया लगायत कलाकारहरूको अभिनय समावेश छ।

फिल्मको संगीत रोशन वान्तवा राई तथा उदय नेम्बाङले तयार गरेका हुन्।
गीतहरूमा स्मिता दाहाल, मेलिना राई, उदय नेम्बाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री तथा रोशन सुवेदीको स्वर रहेको छ।

फिल्ममा दिनेश माङमु को नृत्य निर्देशन, विक्रम डीसी को छायांकन, पुन्य ओझा को द्वन्द्व रचना तथा कथानक र निर्देशन सल्लाह दिनेश लिङदेन ले सम्हालेका छन्।

सम्बन्धित समाचार

सबै