चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’को जापान राइट्स बिक्री

0 Shares

काठमाडौं ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ को जापान प्रदर्शन अधिकार बिक्री भएको छ।

फिल्मलाई जापानमा वितरण गर्दै आएको ओम शान्ति ओम इन्टरटेनमेन्ट ले जापान राइट्स खरिद गरेको निर्माण पक्षले जनाएको छ।

जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठ र निर्माण टिमबीच कागजी सम्झौता सम्पन्न भइसकेको छ। निर्देशक चन्द्र पन्तका अनुसार यसअघि नै फिल्मको प्रदर्शन अधिकार अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायल लगायतका देशहरूमा बिक्री भइसकेको छ। हाल अन्य अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको माग उल्लेखनीय रूपमा बढ्दै गएको उनले बताए।

आर्या इन्टरटेनमेन्ट को प्रस्तुतिमा निर्माण भएको यस फिल्मका गीत र टिजर सार्वजनिक भएपछि विदेशमा फिल्मप्रतिको चासो थप बढेको निर्माण पक्षको दाबी छ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको ‘आ बाट आमा’मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ। फिल्मको वितरणको जिम्मेवारी आरआर फिल्म्स ले लिएको छ।

अभिमन्यू निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्त ले सहकार्य गरेका छन्। फिल्मको छायांकन निर्देशक (डीओपी) नवराज उप्रेती हुन् भने संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम को रहेको छ। कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडा ले गरेका छन्।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना ले लगानी गरेका छन् भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्। ट्रेलर र टिजर साहिल खान ले सम्पादन गरेका छन्।

फिल्म ‘आ बाट आमा’ आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार

सबै